१८ जेष्ठ २०८२, शनिबार

लकडाउनू निबन्ध कृतिमाथि अन्तरक्रिया कोहलपुरमा सम्पन्न
  • न्युज मानसराेवर

कोहलपुर \लेखक सागर गैरेको निबन्ध कृति “लकडाउन” माथि कोहलपुरमा आज  अन्तरक्रिया गरिएको छ।  लेखक गैरेले कोहलपुर नगरपालिका वडा नंं.१ स्थित जन ज्ञानज्यति मा वि कौशिलानगरका विद्यार्थी माझ उक्त अन्तरक्रिया गरेका हुन।

कार्यक्रममा प्रमुख अथिति नेपाल प्रज्ञा प्रतिष्ठान प्रज्ञा महानन्द ढकालले “लेखक – विद्यार्थीबीच अन्तरक्रिया” कार्यक्रमले बिद्यार्थीहरूमा पठन संस्कृति र लेखन सीपको विकास गर्ने उद्देश्य राख्ने बताए ।  उनले   समाजप्रति उत्तरदायी बनाउन र स्थानीय परिवेशसङ्ग परिचित गराउन विद्यार्थीहरूलाई पाठ्यक्रमले निर्दिष्ट गरेका विषयवस्तु बाहेक अन्य समसामयिक विषयवस्तुहरूमा ज्ञान दिन यस्ता अन्तरक्रिया हुन आवश्यक रहेको समेत औल्याएका छन।

त्यस्तै कार्यक्रममा सागर गैरेको व्याक्तित्व र कृतित्व माथि प्रकाश पार्दै लेखक सेखर दहितले लकडाउनको समयमा लेखिएको लकडाउन महत्त्वपूर्ण कृति रहेको र यो कृतिमा माटोको सुगन्ध रहेको बताएका थिए । सुक्ष्म विषयवस्तुमा गहन विचार दिन सक्ने लेखकका रूपमा सागर गैरेलाई लकडाउनले परिचय दिएको बताउँदै समाज बुझ्न साहित्यिक कृति पढ्नु पर्ने विचार समेत राखेका थिए ।

समाजसेवी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमलाल बास्तोलाले लेखक र बिद्यार्थी बीच अन्यरक्रिया राख्नुको कारण विद्यार्थीहरूलाई स्थानीय लेखक तथा साहित्यकारहरूसँग परिचित गराउँदै उत्प्रेरित गराउनु मुख्य उदेश्य रहेको बताए। बास्तोलाले विद्यार्थीहरूमा फरक खालको सोचाइको विकास होस् भन्ने चाहना रहेको उल्लेख गरे ।


विद्यालय प्रशासनका वरिष्ठ सदस्य तथा निमित्त प्रधानाध्यापक एकदेव पन्थीले लेखक साहित्यकारहरूलाई धन्यवाद दिदै विद्यार्थीहरू चौतर्फी विकास गर्न यस्तै खालका कार्यक्रमहरू निरन्तरता दिन आवश्यक रहेको बताए ।

त्यसै गरी लेखक तथा साहित्यकारहरू पुष्कर रिजाल, नवीन अभिलासी, बिक्रम शिशिर, प्रकाश मरासिनी, प्रतीक गैरे, उषा सुवेदी लगायतको उपस्थिति रहेको कार्यक्रममा दुई दर्जन बढी बिद्यार्थीहरूले लेखक सागर गैरेसँग  जिज्ञासाहरू राखेका थिए ।
शिक्षक गायत्री हमालले कार्यक्रममा स्वागत मन्तव्य राखेकि थिइन। अन्तरक्रिया कार्यक्रममा दर्जनौ विद्यार्थीहरू उपस्थित थिए ।

  • १४ जेष्ठ २०८०, आईतवार प्रकाशित

  • Nabintech