२८ बैशाख २०८२, आईतवार

‘अखण्ड भारत’को नक्साप्रति एमाले रुपन्देहीको आपत्ति
  • न्युज मानसराेवर

बुटवल\भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपालका भूभागहरू समेत समावेश गरिएको भन्दै नेकपा (एमाले) रुपन्देहीले गम्भीर ध्यानाकर्षण गराएको छ । उक्त नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुको नाम उल्लेख गरिएको छ ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र कसीले एक विज्ञप्ति जारी गर्दै भारतले हालै उद्घाटन गरेको नयाँ संसद् भवनमा राखिएको उक्त नक्सामा विश्वमै प्रख्यात नेपालको रुपन्देही जिल्लामा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र अर्को नेपालको भू–भाग कपिलवस्तुलाई पनि समावेश गरिएको खबर सार्वजनिक हुनु आपत्तिजनक रहेको  उल्लेख  गरेका छन।

विज्ञप्तिमा यसबारेमा नेपाल सरकारको धारणा यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरिएको छ ।

“नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग समेटेर नयाँ नक्सा जारी गरेको र सो नक्सा अनुसार नेपालको भू–भाग अझै फिर्ता नआइसकेको सन्दर्भमा नेपालको भूमि फिर्ता गर्नुको साटो थप भू–भागलाई आफ्नो नक्सामा राखेर भारतले छिमेकी मित्र राष्ट्रप्रति देखाएको हेपाहा प्रवृत्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ ।

यस्ता गम्भीर र विवादास्पद विषयप्रति समयमै संवेदनशील बन्न, यसप्रति तत्काल भारत सरकारसँग आपत्ति जनाउन र उक्त नक्साबाट नेपालको भू–भाग हटाउनेतर्फ ठोस पहल गर्न एमाले रुपन्देहीले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

  • १६ जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech