११ बैशाख २०८२, बिहीबार

फाउण्डेशनमै अल्झिएर पुलको म्याद सकियो
  • न्युज मानसराेवर

बाँके\बाँकेको जानकी गाउँपालिका –४ छत्रपुर र खजुरा गाउँपालिका –४ चल्तुवास्थित किरण नालामा निर्माणाधिन पक्की पुल असार २५ गतेसम्म सम्पन्न हुनेगरी निर्माण सम्झौता भए पनि निर्माण कार्य फाउण्डेशनमै अल्झेको छ ।

लुम्विनी प्रदेशको सडक पूर्वाधार विकास कार्यालय नेपालगञ्जका प्रमुख ललितबहादुर न्यौपानेले पुल निर्माणका लागि जमिनमुनी निर्माण गरिनुपर्ने पायल फाण्डेशनको काम गुणस्तरीय नभएको जानकारी गराए ।

सडक पूर्वाधार विकास कार्यालयका प्रमुख न्यौपानेले भन्नुभयो, ‘कंक्रिटको गुणस्तरमा आशंका भएपछि त्यसलाई अस्वीकार गरेका छौं, निर्माण कम्पनीसँग यसको विकल्प मागेका छौं ।’

पायल फाउण्डेशन गुणस्तरीय नभएपछि करिब दुई बर्षदेखि पुल निर्माण कार्य अघि बढ्न नसकेको उनले बताए । केही समयअघि काम अघि बढाइएको भए पनि हाल बन्द रहेको निर्माण कम्पनिले जनाएको छ ।

पुलका लागि निर्माण गरिएका ५० वटा पायलकै फाउण्डेशनमै समस्या देखिएको सडक पूर्वाधार कार्यालयले जनाएको छ । कार्यालयले पुलको सुरुवाती फाउण्डेशनमै समस्या देखिएपछि विज्ञ टोलीबाट समेत निरीक्षण गराइएको छ । विज्ञ टोलीको प्रतिवेदन र निर्माण कम्पनीले विकल्पबारे लिखित धारणा आउन बाँकी रहे पनि पुनः फाउण्डेशन बनाउनु पर्ने देखिएको प्राविधिकको भनाइ छ ।

पुल निर्माणका लागि गाल्वा सिद्वार्थ दर्शन जेभीले २०७७ फागुन १९ गते पाँच करोड ३२ लाख रुपियाँमा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । पुलको निर्माणमा ढिलाई भएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।

  • ५ असार २०८०, मंगलवार प्रकाशित

  • Nabintech