११ बैशाख २०८२, बिहीबार

अनुदानमा कृषि औजार कृषकहरुलाई वितरण
  • न्युज मानसराेवर

बाँके\जानकी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय खजुराखुर्द मानपुर बाँकेले कृषकहरुलाई अनुदानमा कृषि औजार वितरण गरेको
छ ।जानकी गाउँपालिकाले वडा नम्वर ६ कैरातीपुरका श्रि समाज जागरण कृषक सहकारी सँस्था लिमिटेडका किसानलाई १३ लाख १२ हजार ७ सय ५५ रुपैँया मुल्य बराबरको कृषि औजार उपकरण वितरण गरेको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत ( पकेट कार्यक्रम ) कृषिमा प्रविधीको प्रयोग बढाउँदै उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ ५० प्रतिशत अनुदानमा कृषि औजार कृषकलाई वितरण गरेको हो ।

५० प्रतिशत अनुदानमा हाते ट्रेक्टर २ वटा ,रोडा वेटर २ वटा ,रिँग ४ वटा ,डेलिभरी पाईप ,रासायानिक मल ,विउ उपलब्ध गराएको छ । जानकी गाउँपालिका कृषि शाखा प्रमुख मनोज कुमार मन्डलले यस्तो पकेट कार्यक्रम दुई वर्षको निरन्तरताको लागी मात्र आउने बताए ।कार्यक्रम गाउँपालिका मार्फत भएपनि सँिघय कार्यक्रम भएको कृषि शाखा प्रमुख मन्डलले आफनो धारणा व्यक्त गरे । पहिला २० हेक्टर जमिन चाहिन्थ्यो भने अहिले घटाएर १० हेक्टरमा जमिनमा कार्यक्रम गर्न सकिने सरकारले लागु गरेको कृषि शाखा प्रमुख मन्डलले बताए ।

कृषकहरुलाई कृषि औजार वितरण गर्दे जानकी गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादवले कृषिमा आधुनिकीकरणका लागी प्रविधीमा सहोग गर्ने तर उत्पादनमा वृद्धि हुन नसके उपलब्धी नहुने भन्दै प्रविधीको प्रयोगका माध्यमबाट उत्पादन बढाउन कृषकलाई आग्रह गरिन ।

कार्यक्रममा जानकी गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव , वडा नम्वर ६ का वडा अध्यक्ष जगदिश प्रसाद हरिजन , कार्यपालिका सदस्य राम आचल धोवी , राजेन्द्र सिँह , योजना शाखा प्रमुख शोभा पौडेल , कृषि शाखा प्रमुख मनोज कुमार मन्डल , विपत तथा वातावरण शाखा प्रमुख राजेन्द्र वाजपेयी , नेपाली काँग्रैस महासमिती सदस्य तथा पुर्व गा वि स अध्यक्ष दुखिराम लोनिया लगायतको उपस्थिती रहेको थियो ।

  • ७ असार २०८०, बिहीबार प्रकाशित

  • Nabintech