१८ माघ २०८१, शुक्रबार

अमेरिकीमा २ सांसदले गरे भारतीय प्रधानमन्त्री मोदीको सम्बोधन बहिष्कार
  • न्युज मानसराेवर

बाँके\अमेरिकाको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधनलाई २ सांसदले बहिष्कार गरेका छन् ।

अमेरिकी संसद्का संयुक्त सत्रमा प्रधानमन्त्री मोदीको सम्बोधन कार्यक्रमलाई मुस्लिम महिला सांसद इल्हान उमर र रशीदा तलीबले बहिष्कार गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा मोदीले अल्पसंख्यकमाथि दमन गरेको आरोप लगाउँदै दुवै सांसदले सम्बोधन बहिष्कार गर्न अपिल समेत गरेका थिए । दुवै अमेरिकी डेमोक्रेटिक पार्टीका सांसद हुन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री मोदी ३ दिने राजकीय भ्रमणमा अमेरिकामा रहेका छन् । यो प्रधानमन्त्री मोदीको पहिलो राजकीय यात्रा हो ।  एजेन्सी

  • ८ असार २०८०, शुक्रबार प्रकाशित

  • Nabintech