१ जेष्ठ २०८२, बुधबार

वीरेन्द्रनगर-३ का वडाध्यक्ष पक्राउ
  • न्युज मानसराेवर

कर्णाली \वीरेन्द्रनगर नगरपालिका-३ का वडाअध्यक्ष विनोदसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ। वडाध्यक्ष विष्टसहित तीन जनाको टोलीले केही दिनअघि खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा शुक्रबार पक्राउ परेका सुशील गुरुङ र बलिराज शाहीले जफत भएको रकमबाट वडाध्यक्ष विष्टलाई दुई लाख दिएको स्वीकारेपछि विष्टलाई पक्राउ गरिएको लक्ष्मण शाहीले जानकारी दिए। वडाध्यक्ष विष्टमाथी थप अनुसन्धान भइरहेको शाहीको भनाइ छ।

  • २५ असार २०८०, सोमबार प्रकाशित

  • Nabintech