९ बैशाख २०८२, मंगलवार

कोहलपुरमा एक पूर्व प्रहरी मृत भेटिए
  • न्युज मानसराेवर

कोहलपुर \ कोहलपुरमा एक जना पूर्व नेपाल प्रहरी मृत अवस्थामा फेला परेका छन् ।अन्दाजी ६०–६५ वर्षका पुरूष सोमबार साँझ कोहलपुर बसपार्क नजिकै सडक छेउँमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

कोहलपुर प्रहरीका अनुसार मृतक कोहलपुर किरण नालाका बीर बहादुर बुढा रहेको प्रहरीलाई स्थानीयहरुले बताएका छन् ।

बुढा पूर्व नेपाल प्रहरी रहेकोले सोमबार पेन्सन बुझ्न कोहलपुर आएर फर्किदै गर्दा साँझ साढे ५ बजे मृत फेला परेको प्रहरीले बताएको छ ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाएको जनाएको छ । प्रहरीले घटना बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

  • २६ असार २०८०, मंगलवार प्रकाशित

  • Nabintech