२ जेष्ठ २०८२, बिहीबार

बाँकेमा लापसे जाँच सुरु
  • न्युज मानसराेवर

बाँके\दुर्घटना न्यूनीकरणका लागि बाँके प्रहरीले सवारी चालकले लागूऔषध सेवन गरे/नगरेको जाँच सुरु गरेको हो । जिल्लामा पहिलो पटक यसरी जँच सुरु गरिएको हो ।

मापसेजस्तै लापसे गरी सवारी चलाउँदा दुर्घटनासँगै अपराध बढ्ने भएकाले प्रहरीले सडकमा बसेर यस्तो जाँच सुरु गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

‘शंका लागेको अवस्थामा किटको प्रयोग गरी थुकबाट लागूऔषध सेवन गरे/नगरेको चेक गर्छौं,’ बाँके प्रहरी प्रवक्ता डीएसपी डाँगीले भने, ‘तर किट सीमित मात्रामा रहेकाले नियमित रुपमा जाँच्ने अवस्था छैन । त्यसैले शंका लागेको अवस्थामा जाँच गर्छौं ।’

प्रवक्ता डाँगीका अनुसार लासपे गरेको फेला पारेमा सम्बन्धित चालकलाई कारबाहीसँगै काउन्सिलिङ गर्ने व्यवस्था पनि गरिएको छ ।

  • ३१ असार २०८०, आईतवार प्रकाशित

  • Nabintech