७ बैशाख २०८२, आईतवार

विद्यालयलाई परियोजना मार्फत शौचालय हस्तान्तरण
  • लक्ष्मी प्रसाद शर्मा

बर्दिया\ बर्दियाको मधुवन नगरपालिकामा नवनिर्मित अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री शौचालय हस्तान्तरण गरिएको छ। मधुवन नगरपालीकाका नगर प्रमुख तेज बहादुर भाटलाई उक्त शौचालय हस्तान्तरण गरिएको हो ।मधुवन नगरपालिका वडा नं७, दशरथवस्तीमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयलाई भेरि वातावरणिय बिशिष्टता समुह (बि–ग्रुप) बाँकेले अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री शौचालय शौचालयको भवन हस्तान्तरण गरेको हो ।

प्लान इन्टरनेशनल नेपाल, भेरी बातावरणिय बिशिष्टता समुह, (बि–ग्रुप) बाँकेको साझेदारि तथा मधुवन नगरपालीका शिक्षा,युवा खेलकुद शाखाको समन्वय तथा सहयोगमा बाल विवाह न्युनिकरण परियोजना मार्फत विद्यालयलाई उक्त शौचालय हस्तान्तरण गरिएको बि–ग्रुप बाँकेले जनाएको छ ।

उक्त शौचालयको भवन ११ लाख ९७ हजार, ४ सय ५७ रुपैयाँको लागतमा सम्पन्न गरिएको छ । शौचालय निमार्ण कार्य भने २०७८ साल पौष २१ शुरु गरिएको थियो । र कार्य सम्पन्न २०७९ साल फागुन २९ कार्य सम्पन्न गरिएको  बाल बिवाह न्युनिकरण परियोजनाका प्राबिधिक संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी गराएका छन।

हस्तान्तरण कार्यक्रममा बालिकाहरुको शिक्षण सिकाइ, बिद्यालयमा नियमितता,र महिनावारी भएको अबस्थामा बिद्यालय छाड्ने दर कम हुने र बालिकाहरुको सिकाइ उपलब्धी मा वृद्दि भएको पाउनुका साथै बिद्यालयमा बालबालीकाहरु नियमित भइ रहने र वालीकाहरु वालविवाहको पर्नसक्ने जोखिम न्युनिकरण हुने अपेक्षा कार्यक्रममा सहभागि बक्ताहरुले आफनो भनाइ राखेका थिए ।

बिगत १ बर्षदेखि बर्दिया जिल्लाको बारबर्दिया नगरपालीका, मधुवन नगरपालीका, ठाकुरबाबा नगरपालीका, र गेरुवा गाउपालीकामा प्लान इन्टरनेशनल नेपाल, भेरि बातावरणिय बिशिष्टता समुह (बि–ग्रुप) को साझेदारि तथा परियोजना संचालन भएका स्थानिय तह संगको समन्वयमा बालविवाह न्युनिकरण परियोजना मार्फत बालिकाहरुको गुणस्तरी शिक्षा,वालविवाह जोखिम हुन नदिनका लागी आयआर्जनमा समेत सहयोग, संरक्षण, र बिद्यालय स्तरमा प्रजनन स्वास्थ्य अधिकारका बिषयमा सस्थाले प्ररवी गर्दैआइरहेको छ ।

  • ३ श्रावण २०८०, बुधबार प्रकाशित

  • Nabintech