१ जेष्ठ २०८२, बुधबार

राप्तीमा बाढीले खतराको तह पार गर्‍यो
  • न्युज मानसराेवर

बाँके\सोमबार रातीदेखि लुम्बिनीको रुपन्देही, नवलपरासी, पाल्पा, प्युठान ,बाँके र  आसपासका स्थानमा भारी वर्षा भएको छ ।

भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा आएको बाढीले खतराको तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान बिहान ६:१५ बजे सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढी मापन केन्द्र बुटवलमा जल सतह खतरा तहभन्दा निकै माथि पुगेको र बढ्दो रहेको छ । बाढीको उच्च जोखिम रहेकाले तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

यसै गरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ । वर्षाका कारण विनयी लगायत साना खोलाहरूको बहाव बढ्ने सम्भावना छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । स्थानीय प्रशासनले पनि सतर्कताका लागि स्थानीयलाई सचेत बनाएको छ ।

  • ९ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech