कोहलपुर \कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको निर्वाचनका लागि समावेशी समुह (प्यानल)का उम्मेदवारहरु उपभोक्ताको घरदैलोमा पुगेका छन ।खानेपानी संस्थाभित्र आर्थिक सुशासन कायम गर्ने , आम कोहलपुर बासिलाई सुलभ मूल्यमा शुद्ध खानेपानीको व्यवस्थापन गर्ने लगायतमा मुद्दा बोकेर उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेका हुन ।
आज मगलबार बिहान कोहलपुर वडा नं १२ चपरगौडिका उपभोक्ताहरु माझ पुगेर अध्यक्षका उम्मेदवार रुद्र प्रसाद खनाल लगायतको टोलीले कोहलपुर क्षेत्रको खानेपानी समस्या समाधान गर्न र कोहलपुर खानेपानी संस्थाको नेतृत्व गर्न आफु नेतृत्वको समुह सक्षम रहेको बताउँदै आफूहरूको समुहलाई मतदान गर्न आग्रह गरेका छन् ।
साझा समावेशी प्यानल “ खानेपानी उपभोक्तालाई स्वच्छ पिउने पानीको सुनिश्चितता, सुशासन युक्त संस्था सञ्चालन व्यवस्थापनको प्रतिवद्धता” भन्ने नारा सहित चुनावी मैदानमा उत्रिएको छ ।
खनालले कोहलपुर क्षेत्रको खानेपानीको समस्या समाधानका लागी गुरु योजना निर्माण गरि लागू गर्ने , बजार क्षेत्रमा सडकको दुवै तर्फ खानेपानीको पाइप बिच्छाउने आर्थिक बिपन्न भएका घरपरिवारलाई सौलियत र सहज रुपमा शुद्द पिउने पानीको पहुँच पुर्याउने प्रतिबद्धता जनाएका छन ।
यस्तै चपरगौडिका खानेपानी प्रयोग गर्ने उपभोक्ताहरुले खानेपानीमा भएको चरम लापरबाहीले गर्दा आफुहरुमा मात्र नभएर सम्पुर्ण कोहलपुरको जनमासमा असन्तुष्टि पैदा गरेको उल्लेख गरेका छन।
उनिहरुले उपभोक्ताहरूले जडान गरेका धारामा पानी नआउने समस्या छिटो भन्दा छिटो समाधान गर्न आग्रह गर्दै साझा समावेशी समुह ( प्यानल) को नेतृत्व भएमा खानेपानीमा भएको चरम लापरबाही र बेथितिको बिरुद्द आवाज उठ्ने बिश्वास व्यक्त गरेका छ्न।