१० बैशाख २०८२, बुधबार

कोहलपुर नगरपालिकाले सहकारी माथी बढायो निगरानी
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुर नगरपालिकाले सहकारीबाट ऋण लिएर भाखा नाघी सक्दा समेत ऋण नतिर्नेहरुलाई पालिकाबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित गर्ने भएको छ । कोहलपुर पालिकाले आईतबार आज एक सूचना जारी गर्दै सहकारीबाट ऋण लिएर भाखा नाघी सक्दा समेत ऋण नतिनेहरुलाई पालिकाबाट प्रदान गर्ने सेवा सुविधाबाट वञ्चित गर्ने जनाएको हो ।

साथै बचतकर्ताको बचत रकम फिर्ता नगरी अथवा सहकारीको रकम हिनामिना गरी सम्पर्क बिहिन भएका सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरुको नाम सार्बजनिक गर्नुका साथै भविष्यमा नगरपालिकाले प्रदान गर्ने सेवा सुविधाबाट वञ्चित गरी कानुनी कारवाहीको प्रक्रिया समेत अघि बढाउने सुचनामा उल्लेख गरीएको छ ।

  • १४ श्रावण २०८०, आईतवार प्रकाशित

  • Nabintech