२ जेष्ठ २०८२, बिहीबार

बाँकेसहित तराई क्षेत्रमा राखी पर्व मनाईंदै
  • न्युज मानसराेवर

बाँके\बाँकेसहित प्राचीन मिथिला क्षेत्रमा बिहीबार ‘राखी’ पर्व मनाईंदै छ ।

चन्द्रमासको साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडिमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मधेशी समुदायमा ‘राखी’ भनिने गरिएको हो ।  सामान्यतया सौरमासको पनि साउनमै पर्ने यो पर्व यसपालि साउनभरि अधिकमास (मलमास) पर्नाले पछि धकेलिएर करिब मध्य भदौताका परेको हो ।

पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण तराई क्षेत्र राखीमय बनेको छ । एकाबिहानै यस क्षेत्रका बजार खुलेका छन् । रङ्गीचङ्गी ‘राखी’ (विभिन्न रङका धागोका डोरा) जताततै बेच्न राखिएका छन् ।

पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङ्गका रक्षासूत्र (राखी) किन्न बस्तीका चोकचोकमा भिड नै देखिएको छ । राखीसँगै दाजुभाइलाई खुवाउन मिष्ठान्न परिकारको जोहोमा लागेका हुँदा मिठाइ पसल पनि ग्राहकले भरिभराउ छन् ।

पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । यो पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन् । अविवाहित चेलीको त दाजुभाइकै घर आफ्नो भएकाले घरमै पर्वको तयारीमा किशोरी व्यस्त देखिएका छन् ।

  • १४ भाद्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech