२८ बैशाख २०८२, आईतवार

निजामति कर्मचारी युनियन स्थापना दिवसमा विभिन्न कार्यक्रम
  • न्युज मानसराेवर

बाँके\नेपाल निजामति कर्मचारी युनियन स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । दिवसको अवसरमा युनियन बाँकेले भेरी अस्पतालको पोषण गृह र जनरल वार्डका बिरामीलाई फलफुल वितरण गरेको छ ।

सो क्रममा युनियन बाँकेका अध्यक्ष उद्धब श्रेष्ठ, भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाह सहित युनियनका नेता तथा नेतृहरुको सहभागिता रहेको थियो । युनियन बाँकेका सचिव पवन बुढाका अनुसार सोही अवसरमा भेरी अस्पताल विकास समितिका अध्यक्ष शाहलाई बधाई तथा शुभकामना समेत दिइएको थियो ।

  • १९ भाद्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech