बाँके\बाँके जिल्लामा पहिलो पटक द आर्ट अफ लिभिङ (जीवन जिउने कला) को आयोजनामा आधारभूत ध्यान (योगा ) तालिम संचालन गरिएको छ ।
बाँके,बर्दिया, सुर्खेत दाङ , दैलेख लगाएत जिल्ला बाट उक्त आधारभूत ध्यान(योगा )तालिममा सहभागिता रहेको छ । उक्त तालिममा कूल ४० जनाको सहभागिता रहेको ऋषी सापकोटाले जानकारी गराएका छन।
तालिम ४ दिन सम्म चल्ने बताइएको छ।ध्यान (योगा) तालिमको मुख्य प्रशिक्षकका रुपमा लिला लामेछाने त्यसै गरी सहायक प्रशिक्षकका रुपमा काभ्य लम्साल रहेकी छन।
तालिम बाँकेको बैजनाथ गाउँपालिका वडा नं.१ स्थित भागर भ्यालीमा संचालन भइरहेको छ । तालिम समापन यही २३ गते हुने बताईएको छ ।