१५ बैशाख २०८२, सोमबार

तीन प्रदेशमा भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके\हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावा हुरी चल्नेछ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र  गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

  • ५ आश्विन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech