४ जेष्ठ २०८२, शनिबार

बलसुधार गृह झडप : चार जना अझै सम्पर्कविहीन
  • न्युज मानसराेवर

बाँके\डुडुवा गाउँपालिका ६ स्थित जयन्दु बालसुधार गृहमा झडपका क्रममा भागेका चार जना अझैँ सम्पर्कविहीन छन् । बालसुधार गृहबाट भागेका अन्यलाई नियन्त्रणमा लिए पनि चार जना अझैँ फेला नपरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

बालगृह तोड्फोड गरि भागेका अन्यलाई नेपालगञ्ज र आसपासको क्षेत्रबाट नियन्त्रणमा लिएको उनले बताए । ‘अधिकांशलाई नियन्त्रणमा लिइएको छ । चार जनाको खोजी भइरहेको छ,’ उनले भने ।

बाल सुधार गृहमा दुई सय ५४ जना थिए । लागुऔषध सेवन गर्ने र नगर्ने समुह वीच विवाद हुँदा दुई पक्ष वीच झडप भएको प्रहरीले जनाएको छ । झडपमा एक जनाको मृत्यु भएको छ । कञ्चन गाउँपालिका ४, रुद्रपुर रुपन्देहीका करिव २१ वर्षीय सुलभ केसीको मृत्यु भएको डिएसपी डाँगीले जानकारी दिए । मृतक केसी अपहरण, शरिर बन्धक र जवरजस्ती करणीमा सजाय भोगिरहेका थिए ।

राती करिव साढे १० वजेबाट भएको झडप विहान दुई वजेसम्म भएको थियो । झडपमा परि १० जना घाइते भएका छन् । घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • ६ आश्विन २०८०, शनिबार प्रकाशित

  • Nabintech