११ मंसिर २०८१, मंगलवार

शिक्षकहरुलाई नौनी दिनु पर्ने सरकारले दुध दियोः सांसद ढकाल
  • न्युज मानसराेवर

कोहलपुर \बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुर्य ढकालले निर्वाचनको समयमा गरिएको प्रतिवद्धता कार्यान्वयनको चरणमा गएकाले रचनात्मक खबरदारीका लागि क्षेत्रबासीसँग आग्ह गरेका छन । योजना कार्यान्वयनको सन्दर्भमा ढकालले जिल्लास्थित सम्वद्ध सरकारी कार्यालयका प्रमुखसँग समेत छलफल गरेका छन ।

कोहलपुरमा पत्रकार भेटघाट गरि नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका सांसद ढकालले निर्वाचनको समयमा जनताबाट मागको रुपमा आएका १३१ वटा परियोजना मध्ये भौतिक पूर्वाधारका २० योजना रातो किताबमा समावेश भई कार्यान्वयनमा आएको जानकारी गराएका छन।

योजना सम्पन्न नभएसम्म नागरिकस्तरबाट निरन्तर खबरदारी गर्न, भ्रष्टाचार, ढिलासुस्तीबारे चनाखो रहन आग्रह समेत गरेका छन। ढकालले करिब एक अर्ब लागतका विभिन्न आयोजना चालु आर्थिकवर्षमा निर्वाचन क्षेत्रमा समावेश भएको उल्लेख गरेका छन। सांसद ढकालले राप्ती नदीको तटबन्धन आफनो पहिलो प्राथमिकता रहेको समेत बताएका छन। ढकालले शैक्षिक आन्दोलनको समर्थन समेत गरेका छन।

ढकालले सरकारले शिक्षकहरुको मागलाई सम्बोधन गरेपनि  समस्याहरुको  गराइसम्म पुग्न नसकेको औल्याए ।  ढकालले शिक्षकहरुको माग नौनी  थियो तर उहाँ शिक्षकहरुलाई सरकारले  दुध दिएको संज्ञा समेत गरेका छन। उनले शिक्षकहरुले निजामती सेवा स्तरको सुविधा पाउनु पर्ने धारणा समेत राखेका छन।

  • ९ आश्विन २०८०, मंगलवार प्रकाशित

  • Nabintech