कोहलपुर\ बाँके स्थित समता स्कुलले बह्त अभिभाव भेला मार्फत विद्यालय विकास समिति पुर्नगठन गरेको छ ।
आज कोहलपुर समता स्कुलको भवनमा गरिएको अभिभाव भेलाले निर्मल वलीको अध्यक्षतामा ९ सदस्य विद्यालय विकास समिति पुर्नगठन गरेको हो ।
भेलाले निर्मल वलीको अध्यक्षतामा ९ सदस्य कार्य समिति सर्वसहमति रुपमा चयन गरेको हो । सदस्यहरुमा दिपराज आचार्य ,हेमा शाही, गिता बुढा , लगाएत ९ सदस्य कार्य समितिमा रहेका छन । निर्वाचित विद्यालय विकास समितिलाई विद्यालयको सर्व हित र शैक्षिक सुधारका निम्ति महत्वपूर्ण योदान रहने विश्वास लिएको समता स्कुल कोहलपुरका संचालक रवि रोकायाले बताएका छन ।
विद्यालय विकास समिति तथा अभिभाक भेलाले विद्यालयको शुल्कमा समेत हेर फेर गरेको गरेको छ । समितिको प्रथम बैठकले यही २४ गते देखी संचालन हुने परिक्षाका निम्ति सबै अभिभावक बाट शुल्क उठ्न बाँकी रकम तत्काल उठाउन विद्यालय प्रशासनलाई निर्देशन समेत दिएको छ ।
२०७३ सालमा कोहलपुरका आफ्नो शाखा विस्तार गरेको समताले देशका ७७ वटा जिल्ला तथा भारत, श्रीलका, बंलादेश ,म्यानमार लगाएत देशमा समेत आफ्नो शाखा विस्तार गरिसकेको छ । पछिल्लो समम कोरना संक्रमण पश्चात विद्यालयले सबै कक्षाहरुमा न्यूनतम सम्मान शुल्क लिदै आइरहेको छ ।