१० बैशाख २०८२, बुधबार

प्रतितोलामा १३०० ले घट्यो सुनको मूल्य
  • न्युज मानसराेवर

बाँके\सुनको मूल्य एकै दिन प्रतितोलामा १३ सय रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ६ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोलामा १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोलामा १ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्यमा समेत उच्च अंकको गिरावट आएको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेसँगै चाँदीको कारोबार मूल्य १३ सय १० रुपैयाँ तोकिएको छ। सोमबार चाँदीको कारोबार मूल्य प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो ९ दिनमा सुनको मूल्य प्रतितोला ५ हजार ६०० ले घटेको महासंघले जनाएको छ। गत साताको आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ थियो। आज निरन्तर घटेर प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो।

  • १६ आश्विन २०८०, मंगलवार प्रकाशित

  • Nabintech