९ बैशाख २०८२, मंगलवार

नेपालगञ्जमा सामाजिक एकताका लागि सद्भावर्याली
  • न्युज मानसराेवर

बाँके\ नेपालगञ्जमा सामाजिक सद्भावलाई प्रगाढ बनाउने उद्देश्यले विभिन्न धर्मगुरु, जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा पेशकर्मीहरू सहितको सहभागितामा आज मंगलबार बिहान नेपालगञ्जमा सद्भाव ¥याली निकालिएको छ । नेपालगञ्जको वीपीचोकबाट निकालिएको सद्भाव ¥याली धम्बोझी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

¥यालीमा विभिन्न धर्माका अनुयायी, राजनीतिक कर्मी, नागरिक समाज सम्मिलित सद्भाव ¥याली प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए । सामामा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबैले आफ्नो स्थानबाट सहयोग गर्नुृपर्ने उनको भनाइ छ । सो कोणसभामा नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दिरका मूल पुरोहित चन्द्रनाथ योगी, मुस्लिम धर्म गुरु मौलाना जब्बार मञ्जरीलगायतले सम्बोधन गर्दै समाजमा भाईचारा कायम राख्न आग्रह गरेका छन् ।

  • १६ आश्विन २०८०, मंगलवार प्रकाशित

  • Nabintech