७ मंसिर २०८१, शुक्रबार

लुम्बिनी चिनाउन नोबेल पुरस्कार बिजेताहरूको सम्मेलन गर्ने प्रदेश सरकारको निर्णय
  • न्युज मानसराेवर

बाँके\लुम्बिनीलाई विश्वमा चिनाउन प्रदेश सरकारले नोबेल पुरस्कार विजेताहरुको ‘लोरेट एण्ड लिडर’ सम्मेलन आउदो फागुनमा गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मन्त्रिपरिषद् बैठकले फागुन महिनामा बुद्व जन्मस्थल लुम्बिनीमा सम्मेलन आयोजना गर्ने र यसका लागि नेपाल सरकारसँग समन्वय गर्ने निर्णय गरेको प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताए ।

सम्मेलनमा नोबेल पुरस्कार विजेताहरुका साथै शक्ति राष्ट्रका राजकुमार, पूर्व प्रमुखहरुलाई सहभागी गराउने तयारी छ । यो सम्मेलनबाट प्रदेशको पर्यटन, स्वास्थ्य, शिक्षा क्षेत्रमा लगानी भित्र्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

बुद्धजन्मस्थल लुम्बिनीमा ‘लोरेट एण्ड लिडर’ कार्यक्रम सञ्चालनको लागि प्रदेश सरकारले चालु आर्थिक पर्षमा ६ करोड ५० लाख रुपैयाँ बजेट समेत विनियोजन गरिसकेको छ ।

नोबेल पुरस्कार विजेता तथा विभिन्न देशका राजनेताहरुको सहभागितामा अन्तर्राष्ट्रियस्तरको उक्त कार्यक्रम गर्न बजेटको समेत व्यवस्थापन गरिएको हो । लुम्बिनीलाई विश्व पर्यटन क्षेत्रको महत्वपूर्ण गन्तव्यको रुपमा प्रवद्र्धन गर्न लोरेट एण्ड लिडर कार्यक्रम आयोजना गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।
लुम्बिनीको शान्ति र करुणाको सन्देश विश्वभर फैलाउन सबै सरोकारवालाको सहकार्यमा कार्यक्रम गरिने नीति कार्यक्रममा समावेश गरिएको थियो । लुम्बिनीमा अन्तराष्ट्रिय करुणा तथा शान्ति केन्द्र स्थापना गरिने उल्लेख थियो ।

नोबेल पुरस्कार प्रत्येक वर्ष रोयल स्वीडिस एकेडमी अफ साइन्सेस, द स्वीडिस एकेडमी, द कारोलिन्स्का इन्स्टिच्युट र द नर्वेजियन नोबेल समितिद्वारा रसायनशास्त्र, भौतिक शास्त्र, साहित्य, शान्ति, र औषधी विज्ञानको क्षेत्रमा अद्वितीय योगदान पु¥याएका व्यक्तिहरू र संस्थाहरूलाई प्रदान गर्ने गरिएको छ ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा बसेको बैठकले करार कर्मचारीको व्यवस्थापन गर्न बनेको कार्यविधि २०८० लाई पारित गरेको छ ।

  • १९ आश्विन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech