१९ बैशाख २०८२, शुक्रबार

प्रेस चौतारी कोहलपुर नगर कमिटि गठन
  • न्युज मानसराेवर

कोहलपुर\प्रेस चौतारी कोहलपुर नगर समितिको अध्यक्षमा प्रमोद रिजाल सर्बसम्मत चयन भएका छन् ।

आईतवार कोहलपुरमा  भएको भेलाले अध्यक्षमा रिजाल सहित उपाध्यक्षमा इश्वर पौडेल, महिला उपाध्यक्षमा ज्ञानु थापा,सचिवमा रवि रोकाय,सहसचिवमा बिजय परियार,कोषाध्यक्षमा सजनकुमार आरसी चयन भएका छन् ।

त्यस्तै सदस्यमा देवि सुनार,क्षितिज मगर र टार्जन ओली रहेका छन् । प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्ष र नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद सुर्य ढकालको प्रमुख आतिथ्यतामा प्रेस चौतारी आवद्ध पत्रकारहरुको नगर भेला सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै सांसद ढकालले कोहलपुर क्षेत्रको समग्र विकासका लागि संचारक्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले संचारक्षेत्रको विकासका लागि सदैव सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन। नेकपा एमालेका केन्द्रीय सदस्य मोहमद हारुन हल्वाईले पत्रकारिताक्षेत्र संख्यात्मक मात्र नभई गुणात्मक हुनुपर्ने जोड दिदै चौतारीले पत्रकारिता सम्बन्धी प्रशिक्षणलाई प्राथमिकतामा राख्नुपर्ने औल्याए।

कार्यक्रममा प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश सहइन्चार्ज रुद्र सुवेदी, पूर्व केन्द्रीय उपाध्यक्ष शिव डोटेल, नेकपा एमालेका प्रदेश समिति सदस्य गोपाल गिरी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य डिलप्रकाश गौतम, भेषराज बस्नेत, पूर्व बाँके अध्यक्ष हेमन्त बिक, नेकपा एमाले कोहलपुर नगर कमिटी अध्यक्ष नमप्रसाद शर्मा, प्रेस चौतारी अनुशासन आयोग सदस्य बिष्णु बेलवासे, कोहलपुर नगरपालिका वडा नंं ११ की अध्यक्ष कल्पना अधिकारी लगायतले धारणा राखेका थिए ।  वक्ताहरुले कोहलपुरमा संचारक्षेत्रको चुनौती र सम्भावनाका बारेमा चर्चा गरेका समेत गरेका छन।

त्यसै गरी चौतारी बाँकेका अध्यक्ष दर्गा रोकाय तथा सचिव कमल डागीले प्रेस चौतारीको कोहलपुर नगर कमिटी देशकै नमुना बनाउन अध्यक्ष तथा सचिवलाई आग्रह गरेका छन।

रोकायले मान्यूट हस्तान्तरण गर्दै जिल्ला सँग आवश्यक समन्वय र सहकार्यमा प्रेस चौतारीले कोहलपुर नगर कमिटीले कार्य सम्पादन गर्न आग्रह समेत गरेका छन।

 

  • २८ आश्विन २०८०, आईतवार प्रकाशित

  • Nabintech