कोशी \कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कांग्रेसको शेखर कोइराला पक्ष र एमालेलाई मात्र समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।कार्कीले मुख्यमन्त्रीको शपथ लिएलगत्तै कांग्रेस शेखर पक्षका शमशेर राई र एमालेका राम रानालाई मन्त्रीको रूपमा शपथ गराइएको हो ।
दुवैजनाले विनाविभागीय मन्त्रीका रूपमा शपथ गराइएको हो ।एमालेका ३९ र कांग्रेस शेखर पक्षका ८ गरी ४७ सांसदको समर्थनबाट कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री नियुक्त भएलगत्तै काठमाडौं आएका कार्कीले शेखर र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए ।
विराटनगर फर्किएर उनले कांग्रेस संस्थापन पक्ष र एमालेलाई मात्र मन्त्रिपरिषद्मा समेटेका हुन् ।