१० जेष्ठ २०८३, आईतवार

दसैंमा अपराध नियन्त्रण गर्न ड्रोन प्रयोग गर्दै बाँके प्रहरी
  • न्युज मानसराेवर

बाँके\ नेपालीहरुको महान चाड लाई मध्य नजर गर्दै नेपालगञ्जमा शनिबार ड्रोन क्यामेरा मार्फत सुरक्षा अवस्था अनुगमन गरिएको छ । घटस्थापनाको दिन देखि नेपालगञ्जका  विभिन्न स्थानमा स्थापना गरिएका दूर्गा मूर्तिको संख्या, बस्तुस्थिती र सुरक्षा अवस्था बुझ्न जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालयद्वारा ड्रोन मार्फत अनुगमन गर्न शुरु गरिएको हो ।

बिजया दशमी पछि मूर्ति बिसर्जन गर्दा सुरक्षा ब्यवस्था सहज बनाउनकोलागि शनिबार ड्रोन क्यामेरा उडाएर परिक्षण तथा अवलोकन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डिएसपी नारायण डाँगीले जानकारी  गराएका छन।

मूर्ति स्थापना गरिएका सबै स्थानमा प्रहरी पुग्न नसकेको अवस्थामा ड्रोन क्यामेरा मार्फत पनि त्यहाँको बस्तु स्थिती बुझ्न सहज हुने भएकाले आज ड्रोन परिक्षण गरिएको  बाँके प्रहरीले उल्लेख गरेको छ ।

  • ४ कार्तिक २०८०, शनिबार प्रकाशित

  • Nabintech