१० जेष्ठ २०८३, आईतवार

अस्पतालको शैयामा निमोनियासँग लड्दै नेपालकी प्रथम होची महिला इश्वरी माया छिनाल
  • रबि रोकाया

कोहलपुर\विश्वको दोस्रो होची तथा नेपालको पहिलो होची महिला ईश्वरी माया छिनाल न्युमोनियाका कारण अस्पताल भर्ना भएकी छन।  छिनाललाई फोक्सोमा निमुनिया देखा परेपछि  दाङ स्थित घोराही अस्पतालले नेपालगञज मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको छिनालका आफन्त कुरुवा कुम बहादुर दमाइले बताए ।

३० वर्षे छिनाल लमही नगरपालिका ६ देउपुर निवासी हुन।  ३० इञ्च उचाइ र साढे आठ किलो तौल भएकी छिनाललाई विभिन्न मेला तथा महोत्सवहरूमा प्रदर्शन गर्ने गरिएको छ । काँडा ८ तल्लो साकिम रुकुममा जन्मिएकी छिनाल ०५५ सालदेखि दाङमा बस्न थालेकी हुन् ।

चार भाइबहिनीमध्ये उनी जेठी हुन् । ‘दुई छोरा र दुई छोरीमध्ये अन्य सबै औसत उचाइका छन् ।

अस्पताल प्रशासको निशुल्क सेवा

छिनालको कुनै पनि शुल्क नलिएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर प्रशासनले जनाएको छ । मेडिकल कलेजका प्रशासन अधिकृत सन्जु कुमार पन्तले दिएको जानकारी अनुसार एच.डी.यू  मा भर्ना भएकी छिनालको हाल सम्म कुनै पनि शुल्क नलिएको बताए । उनले औषधीमा समेत केही छुट गर्ने बताए । “उहाँ हाम्रो मात्र सम्पति नएर नेपाल सरकार र विश्वको नै सम्पति हुनुहुन्छ’ हामीले एच.डी.यू शुल्क पूर्ण रुपमा निशुल्क गरेका छौँ। पन्तले भनेका छन।”

राज्य बाट केही सुविधा दिएको छैन

यही ३ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर भएर उपचाररथ इश्वरी माया छिनाललाई राज्यले कुनै पनि सहयोग नगरेको आफन्त कुम प्रसाद दमाईले बताए ।उनले उहाँ आज विरामी हुनुहुन्छ। तर अस्पताल प्रशासनले आफ्नो विवेकले हाल सम्म कुनै शुल्क नलिएको बताए । तर नेपाल सरकारले कुनै सेवा सुविधा नदिएको उल्लेख गरे । उनले भने स्थानीय सरकारले भने मासिक अपाङ्गता भत्ता बापत एक हजार ६ सय दिइरहेको छ ‘दमाईले भनेका छन। साथै उनले आम नेपालीमाझ औषधी खरिद र खाना बस्नका  लागि आर्थिक सहयोगको अपिल समेत गरेका छन।

के हो निमोनिया ? 

निमोनिया भनेको मुख्यतः फोक्सोसँग सम्बन्धित समस्या हो । यो समस्यामा हाम्रो एउटा वा दुईटै फोक्सोमा संक्रमण हुने गर्छ । यस्तो संक्रमण भाइरस, ब्याक्टेरिया वा ढुसी (फंगस)का कारणले हुने गर्छ ।

जुनसुकै कारणले भए पनि निमोनियाको संक्रमण भएपछि हाम्रो फोक्सोको हावा थैलीहरुमा इन्फ्लेमेशन (सुन्निने) हुन्छ । त्यस्ता हावाथैलीहरुलाई एल्भोली भनिन्छ । यसरी निमोनिया संक्रमण भएर त्यस्ता हावा थैलीहरु सुन्निन थालेपछि बेलैमा उपचार भएन भने त्यहाँ पानी वा पीपहरु भरिन थाल्छ । यस्तो अवस्थामा संक्रमितलाई सास फेर्न कठिनाई हुन थाल्छ ।

 

 

  • ५ कार्तिक २०८०, आईतवार प्रकाशित

  • Nabintech