७ मंसिर २०८१, शुक्रबार

पर्यटक आगमन उत्साहजनक
  • न्युज मानसराेवर

बाँके\पर्यटक आगमनमा रेकर्ड ब्रेक भएको छ। यो वर्षको अक्टोबरमा आएका पर्यटकको संख्याले रेकर्ड तोडेको हो।नेपाल पर्यटन बोर्डका  अक्टोबरमा एक लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका छन्।

यो संख्या एक महिनामा नेपाल आएका पर्यटकको हालसम्मकै उच्च हो।

यसअघिका महिनामा मासिक एक लाखसम्म पर्यटक घुम्न आएका थिए। सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा आठ लाख ९ हजार ६७८ पर्यटक भित्रिएका छन्। यो संख्या हवाई मार्ग हुँदै आएका पर्यटकको हो।

अक्टोबरमा कुन मुलुकबाट कति पर्यटक?

भारत: १८ हजार ४८०
अमेरिका: १४ हजार ८७९
बेलायत: ८ हजार २१७
चीन: ६ हजार ८८०
अष्ट्रेलिया: ६ हजार ०७५
जर्मनी: ५ हजार ९१६
फ्रान्स: ५ हजार २७१
बंगलादेश: ४ हजार २९२
श्रीलंका: २ हजार ५०७
इटाली: २ हजार ४६७

श्रोतःनेपाल पर्यटन बोर्ड

  • १५ कार्तिक २०८०, बुधबार प्रकाशित

  • Nabintech