८ बैशाख २०८२, सोमबार

परमादेशको भोलिपल्ट रिगल जेल चलान
  • न्युज मानसराेवर

बाँके\योगराज ढकाल ‘रिगल’ लाई थप सजाय भुक्तान गराउन जिल्ला अदालत बाँके पठाइएको छ। सर्वोच्च अदालतको आदेशपछि हिजो पक्राउ परेका रिगललाई प्रहरीले आज अदालतमा पेश गरेको थियो। जिल्ला अदालत बाँकेले रिगललाई जिल्ला कारागार पठाउन आदेश दिएसँगै उनलाई जेल हालिएको हो।

उनले अब ११ वर्ष ११ महिना ५ दिन थुनामा बस्नुपर्ने हुन्छ। रिगल गत असोज ३ गते संविधान दिवसका दिन जेलबाट छुटेका थिए। सरकारको सिफारिसमा उनलाई राष्ट्रपतिले कैद मिनाहा गरिदिएका थिए। उनको कैद मिनाविरूद्ध सर्वोच्चमा रिट परेपछि अदालतले पुन: जेल पठाउन परमादेश दिएको हो।

रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको प्रमाणित भएको छ। सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेपछि चेतनकी श्रीमती भारती शेर्पा  मानन्धरले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

  • १७ कार्तिक २०८०, शुक्रबार प्रकाशित

  • Nabintech