बैजनाथ \अरुको ज्यानमा पेट्रोल छर्किएर आगो लगाई मार्न खोजेको आरोपमा कोहलपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
अरुको ज्यानमा पेट्रोल छर्किएर आगो लगाई मार्न खोजेको आरोपमा प्रहरीले कनकासुन्दरी गाउँपालिका –१ का ३४ वर्षीय चन्द्र भनिने चन्द्र भण्डारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी गराएका छन।
भण्डारीले कात्तिक ७ गते राति साढे १० बजेको समयमा बैजनाथ गाउँपालिका ४, बोरिङटोल बस्ने अक्कलबहादुर भाम, कृष्णदेवी ऐडी, समीर भाम, बाबु रुपा भाम, दुधबहादुर भाम बसेको घरको कोठामा पेट्रोल छर्किएर आगो लगाई ज्यान मार्ने उद्योग गरेकोमा प्रक्राउ गरेको हो ।
भण्डारीलाई कात्तिक १४ गते बैजनाथ गाउँपालिका –६ मानखोलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका भण्डारीलाई बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको कोहलपुर प्रहरीले जनाएको छ ।