१० जेष्ठ २०८३, आईतवार

चिकित्सक टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा
  • न्युज मानसराेवर

काठमाडौँ\जाजरकोटमा गएराति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित स्वास्थ्य टोली प्रभावित क्षेत्रमा गएको छ।

नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन्।

साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पाइलटसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। भूकम्पमा परी मृत्यु हुनेको संख्या १२१ पगेको छ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • Nabintech