१० जेष्ठ २०८३, आईतवार

शिक्षण अस्पताल कोहलपुरले डा.श्रेष्ठको नेतृत्वमा ‘हाइ अलर्ट’ टोली परिचालन
  • न्युज मानसराेवर

कोहलपुर \नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जाजरकोट भूकम्प पिडितहरुको उपचारका लागि विशेषज्ञ टोली ‘हाइ अलर्ट’ अवस्थामा परिचालन गरेको छ । अस्पतालका सूचना अधिकारी सन्जय कुमार पन्तका अनुसार डा. दिनेश श्रेष्ठको नेतृत्वमा उक्त ‘हाइ अलर्ट’ टोली परिचालन गरिएको  छ  उनले भने । पन्तका अनुसार हाल एक सय जनाको उपचार गर्न सक्ने गरी उक्त डाक्टरहरुको टोली ‘हाइ अलर्ट’ परिचालन गरिएको बताए ।

अस्पतालसँगै जोडिएको हेलिप्याडमा ६ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको समेत अस्पताल कर्मचारी कुश्मा बस्यालले जानकारी गराएका छन। त्यसै गरी विरामीहरुलाई रगतको अभाव हुन नदिन समेत रगत सुरक्षित राखिएको  अस्पतालले जनाएको छ ।

जाजरको घटनामा कसैलाई पनि ब्लड अभाव नहोस् भन्ने उदेश्यले रेडक्रसमा नेकपा एमालेले रक्तदानका लागि आम नागरिकहरुको आह्वन गरेको छ । नेकपा एमाले बैजनाथ गाउँ कमिटीले रक्त दान गर्नका लागि अस्पतालमा रहेको रेडक्रसमा आएर रक्त दान गर्न आग्रह गरिएको नेकपा एमाले गाउँ कमिटी अध्यक्ष इन्द्र थापाले जानकारी गराए ।हामी अस्पताल परिसरमा छौँ रक्त दान गर्न हाम्रा सबै भातृय संघ गठनलाई आग्रह गरेका छौँ उनले भनेका छन। हामी अस्पताल परिसरमा छौँ रक्त दान गर्न हाम्रा सबै भातृय संघ गठनलाई आग्रह गरेका छौँ उनले भनेका छन।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • Nabintech