३० बैशाख २०८२, मंगलवार

घाइतेको उपचारका लागि कोहलपुरमा सरोकारवालाविच समन्वयन
  • न्युज मानसराेवर

कोहलपुर\नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्थानीय सरोकारवाला विच भूकम्प पिडितहरुका घाइतेहरुको उपचारका लागि आवश्यक समन्वयन गरिएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लुम्बिनी प्रदेश माननिय बसन्ती अधिकारी ,सन्जु कुमारी चौधरी बाँके जिल्ला समन्वय समिति उप संयोजक सिता कार्की कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्य उप मेयर संगिता सुवेदी लगाएतले अस्पतालको तयारी बारे अस्पताल प्रशासनसँग आवश्यक समन्वयन गरेका छन।

अस्पतालका कार्यकारी निर्देशक सुनिल सिह  उप निर्देशक प्रा.डा दिनेश श्रेष्ठजनप्रतिनिधि चिकित्सक कर्मचारी लगाए भूकम्पमा खाइते भएकाहरुलाई कोहलपुरमा के कसरी उपचार गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको अस्पतालका सूचना अधिकारी संन्जय कुमार पन्तले जानकारी गराएका छन।

उक्त छलफलमा अस्पतालका प्रशासनले हालको तयारी अवस्था बारे जानकारी गराएको पन्तले जानकारी गराए। एक सय जनाको उपचार गर्न सक्ने गरी तयारी गरिएको अस्पतालका निर्देशक डा. सुनिल सिहले जानकारी गराएका छन। त्यसै विच कोहलपुरमा जाजरकोटबाट कर्ण बहादुर अधिकारी वर्ष ५२ का खुट्टा मा चोट लागेर उपचारका लागि आइपुगेका छन।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • Nabintech