९ बैशाख २०८२, मंगलवार

भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५७ पुग्यो (विवरण सहित)
  • न्युज मानसराेवर

डेक्स\शुक्रबार राती गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ। यीमध्ये ९९ महिला र ५८ जना पुरुष रहेका छन्।

सबैभन्दा धेरै भूकम्पको इपिसेन्टर जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ। यसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन्। 

त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। यीमध्ये २७ जना महिला र २५ पुरुष रहेका छन्। हालसम्म जाजरकोटमा ८१, रुकुम पश्चिममा ७९ तथा दैलेख र जुम्लामा ३–३ जना गरी १६६ जना घाइते भएका छन्। घाइते मध्ये ५ जना डिस्चार्ज भएका छन्। 

गए राती ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। 

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • Nabintech