१० जेष्ठ २०८३, आईतवार

मानविय सेवाका निम्ति नेकपा एमालले शुरु गर्यो रक्त दान अभियान
  • न्युज मानसराेवर

कोहलपुर\ नेकपा एमाले कोहलपुर नगर कमिटी तथा बैजनाथ गाउँपालिका कमिटीको आयोजनमा रक्त दान अभियान शुरु गरिएको छ ।

जाजरकोटमा शुक्रबार गएको गएको भूकम्पबाट घाइतेहरुको उपचारका निम्ति  उक्त रक्त दान अभियान शुरु गरिएको नेकपा एमाले नेता इन्द्र थापाले बताएका छन।

अभियान अन्तगर्त आज कोहलपुरमा  ५० युनिट रगत संकलन भएको नेकपा एमालेले जनाएको छ । त्यसै गरी स्थानीय संघ संस्थाहरुले समेत मानविय सेवाका निम्ति रक्त दान गरेका छन।

विभिन्न संघ संस्थाहरको पहलमा  आज एक सय युनिट भन्दा माथी रगत संक्कलन गरिएको कोहलपुर रेडक्रसले जनाएको छ ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • Nabintech