१९ जेष्ठ २०८२, आईतवार

बाँकेका स्थानीय तहले समेत भुकम्प पिडितलाई राहत सहयोग गर्ने
  • न्युज मानसराेवर

कोहलपुर \बैजनाथ बाँकेको बैजनाथ गाउँपालिकाले भूकम्प पिडितलाई राहत उपलब्ध गराउने भएको छ ।

बैजनाथ गाउँपालिकाले दुई लाख ५० हजार बराबरको सायता उपलब्ध गराउने अध्यक्ष प्रकाश बहादुर शाहीले बताएका छन। उनले उक्त रकम खाद्यन र औषधी खरिदमा खर्च हुने बताएका छन।

आज भएको बाँके जिल्ला विपद् व्यवस्थापन समितिको बैठमा जिल्लाका सरोकारवाला विच पिडितहरुको राहत तथा उद्दारका निम्ति आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने निर्णय गरिएको छ । त्यसै गरी बैठकमा कोहलपुर नगरपालिकाले २ लाख र नेपालगञ्ज उपमहानगरले ४ लाखको सायता गर्ने बैठकमा प्रतिवद्धता जनाएका छन।बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलको अध्यक्षतामा उक्त बैठक बसेको थियो ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • Nabintech