१० जेष्ठ २०८३, आईतवार

भुकम्प प्रभावितलाई एमाले बाँकेले पठायाे राहत
  • न्युज मानसराेवर

बाँके\नेकपा एमाले बाँकेले जाजरकाेटका भुकम्प प्रभावित नागरिकहरुका लागि शुक्रबार राहत सामग्री पठाएको छ ।

५ लाख बढिकाे विभिन्न राहत सामग्री सहित पार्टी केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालकाे नेतृत्वमा बाँके अध्यक्ष किस्मत कुमार कक्षपति राहत सामग्री सहित जाजरकोट गएका छन।

भुकम्प प्रभावितका लागि नेकपा एमालेले पार्टी सदस्य  तथा जनबर्गीय समिति परिचालन गरि सहयाेग जुटाएका थिए । त्यसरी संकलन भएको चामल,दाल,तेल लगायतका खाद्यान्न र कम्बल सहित लत्ताकपडा पठाएको उपाध्यक्ष डिल्ली विसीले जानकारी गराएका छन।

नेकपा एमाले बाँकेका नेता कार्यकर्ताबाट स्वस्फूर्तरूपमा प्राप्त सहयाेग भुकम्प प्रभावितलाई पठाइएको नेकपा एमाले बाँकेले जनाएको छ ।   अन्य सहयाेग रुकुम प्रभावितक्षेत्रमा पठाइदै छ युवा नेता विसीले भनेका छन।

  • २० कार्तिक २०८०, सोमबार प्रकाशित

  • Nabintech