बाँके\अधिवेशनबाट सुरज खरेलको अध्यक्षतामा ६९ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको छ। राष्ट्रिय युवासंघ नेपाल लुम्बिनी प्रदेशको नवलपरासीको सुनवलमा गरेको प्रथम अधिवेशनले खरेलको अध्यक्षतामा ६९ सदस्यीय कमिटी सर्वसम्मत गरेको हो ।
त्यसै गरी उपाध्यक्षमा सुरेश भण्डारी सचिव सन्तोष ओली, सहसचिवमा भूपाल शर्मा र सुधा ज्ञवाली तथा
कोषाध्यक्ष डेन्जिङ रायमाझी चयन भएका छन् ।
कार्यक्रममा युवा संघले भूकम्पपीडित घाइतेहरूका लागि रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।