३० बैशाख २०८२, मंगलवार

जाजरकोटमा परकम्पले पनि भत्कायो घरहरु, केही घाइते
  • न्युज मानसराेवर

जाजरकोट\जाजरकोटमा सोमबार गएको परकम्पले केही घरहरु भत्किएका छन् भने केही व्यक्तिहरु घाइते भएका छन्। शुक्रबार रातिको भूकम्पले क्षति पुर्‍याएको जाजरकोटका बस्तीमा सोमबार ४:३१ मा जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा नै केन्द्रविन्दु भएर ५.८ म्याग्‍निच्युडको परकम्प गएको थियो।

सोमबारको शक्तिशाली परकम्पले भेरी नगरपालिकामा धेरै घर भत्किएको छ भने केही व्यक्ति घाइते भएका छन्।

शुक्रबारको भूकम्पले १२ जनाको मृत्यु भएको भेरी नगरपालिकाको राउतगाउँमा सोमबार ३ वटा घर भत्किएका छन्। शुक्रबापछि पनि पटक-पटक परकम्प जाँदा स्थानीय त्रसित भएका छन् भने घरभित्र त परको कुरा घर नजिकै बस्‍नसमेत त्रास भएको बताइरहेका छन्।

राउतगाउँमा भूकम्पमा परी एकजना घाइते भएका छन्। राउतगाउँ वरपरकै गाउँहरु भरावन र गैरी क्षेत्रमा पनि घरहरु भत्किएका छन्। भूकम्पले थप घरहरु भत्किएको र मानिस समेत घाइते भएको जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट राउतगाउँको टोली गाउँघरतिर गएको छ।

  • २० कार्तिक २०८०, सोमबार प्रकाशित

  • Nabintech