१५ बैशाख २०८२, सोमबार

बैजनाथले हस्तान्तरण गर्यो २ लाख ५० हजारको राहत सामाग्री
  • न्युज मानसराेवर

बाँके\जाजरकोट र रुकुम(पश्चिम)का भूकम्प पीडितका लागि बाँकेको बैजनाथ गाउँपालिकाले राहत सामाग्री उपलब्ध गराएको छ । गाउँपालिकाले तत्कालका लागि २ लाख ५० हजार बराबरको राहत सामाग्री जिल्ला विपद ब्यवस्थापन समिति बाँकेलाई हस्तान्तरण गरेको हो ।

राहत सामाग्रीहरुमा २५ थान ठुलो साईजको त्रिपाल र १ सय थान ब्ल्यांकेट रहेको छ । विपद ब्यवस्थापन समितिका संयोजक एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय र सूचना अधिकारी तप्तराज आचार्यले हस्तान्तरण गरेका हुन् ।

  • २० कार्तिक २०८०, सोमबार प्रकाशित

  • Nabintech