१० जेष्ठ २०८३, आईतवार

इन्रुडेक बाँकेले गर्यो भुकम्प पिडितलाई आवश्यक सामाग्री हस्तान्तरण
  • न्युज मानसराेवर

कर्णाली डेक्स \इन्रुडेक बाँकेको पहलमा जाजरकोट जिल्लाका भूकम्प पिडितलाई राहत हस्तान्तरण गरिएको छ ।
आड्रा नेपाल को आर्थिक सहयोगमा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा उक्त राहत हस्तान्तरण गरिएको हो ।

इन्रुडेक जाजरकोटको जिल्ला प्रतिनिधि दिनेश कुमार श्रेष्ठका अनुसार त्रीपाल १ हजार ३ सय थान कम्बल १ हजार ३ सय थान , म्याट्रेस १ हजार ३ सय थान र पाल बाध्ने डोरी  सामाग्री हरुगाउँपालिका अध्यक्ष वीरबहादुर गिरीलाई हस्तान्तरण गरिएको जानकारी गराएका छन।

तत्काल उक्त सामाग्री हस्तान्तरण गर्न इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकाया आड्रा नेपालका प्रतिनिधि बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी लगाएतले  वडा नं.९ का भुकम्प पिडितहरुलाई  राहत हस्तान्तरण छौँ  श्रेष्ठले भनेका छन।

गाउँपालिका अध्यक्ष गिरीले भुकम्प पिडित लाई तत्काल आवश्यक सहयोगका निम्ति ०७ ।१९ गते इन्रुडेक बाँकेलाई सहयोग गर्न पत्र पठाएका थिए ।” यो विपत हो सबैले सहयोग गर्न आवश्यक छ। ” उहाँ अध्यक्षज्यूले तत्काल आवश्यक पर्ने  पिडितहरुका निम्ति सहयोग गर्न आग्रह गर्नु भयो हामीले गर्यौ ।”

अब विपत व्यवस्थापन उहाँहरुको स्वास्थ्य क्षेत्रमा समेत आवश्यक परे हामी सहयोग गछौँ।  राहत हस्तान्तरण पछि इन्रुडेक बाँकेका अध्यक्ष रोकायाले भनेका छन।  बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ।

  • २३ कार्तिक २०८०, बिहीबार प्रकाशित

  • Nabintech