बाँके\जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरूमध्ये ५८ जनालाई नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।
समयमै अस्पताल पुर्याउन सकिएको र अस्पतालबाट राम्रो उपचार सेवा पाएकाले उपचारका लागि विभिन्न माध्यमबाट अस्पताल लगिएकामध्ये हालसम्म ४० जना निको भएर घर फर्किएको भेरी अस्पतालले जनाएको छ ।
अस्पतालमा बाँकी १४ जना घाइतेको मात्र उपचार भइरहेको अस्पतालले जनाएको छ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले भेरी अस्पतालमा ल्याइएका सबै घाइतेको निःशुल्क उपचार गरिएको जनाउँदै सबैको सफल उपचार हुन सकेकोमा खुशी लागेको बताएका छन।