११ बैशाख २०८२, बिहीबार

बैजनाथ ६ ले शुरु गर्यो जग्गाको निस्सा वितरण
  • न्युज मानसराेवर

बाँके\बाँकेको बैजनाथ गाउँपालिका ६ मा जग्गाको निस्सा वितरण सुरु भएको छ । विगत लामो समयदेखि भोगचल गर्दै आएको जग्गाको निस्सा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले वितरण सुरु गरेका छन् ।

कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, वडा नं.६ का अध्यक्ष  भुपाल पुन मगर  राष्ट्रिय भूमि आयोग बाँके बिज्ञ सदस्य अशोक प्रशाद पोख्रेल स्थानीय राजनितिक दल लगाएको सहभागिता रहेको थियो ।

बैजनाथ ६ मा बसोबास गर्ने भुमिहिन सुकुम्बासी १ सय ८१ भुमिहिन दलित १ सय ४७ अव्यवस्थित बसोबास ९ सय २९ परिवारलाई बुधबार देखि निस्सा वितरण शुरु गरीएको बैजनाथ गाउँपालिका ६ का वडा सचीव निम बहादुर थापाले जानकारी दिए ।

 

  • ६ मंसिर २०८०, बुधबार प्रकाशित

  • Nabintech