बाँके\कोहलपुर नगरपालिकाद्वारा व्यापक वृक्षरोपण गरेर सुरु गरिएको हरित कोहलपुर अभियानलाई सफल बनाउन विभिन्न संघ संस्थाले बिरुवा संरक्षणका लागि २१८ वटा ट्रि गार्ड सहयोग गरेका छन् ।
वृक्षरोपण गरिने तर संरक्षणमा ध्यान कम दिँदा अधिकांश बिरुवा मरेर जाने वा छाडा चौपायाले नष्ट गर्ने हुँदा विरुवाको संरक्षण गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाबाट २१८ थान ट्रि गार्ड सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ ।
कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले नगरलाई हरित नगर बनाउन व्यापक मात्रामा गरिएको वृक्षरोपणको संरक्षण गर्न कोहलपुरलगायत बाँकेका संघ सस्थाहरुले, बैंक वित्तीय संस्था र व्यक्तिहरुले हालसम्म छ लाख ९७ हजारभन्दा बढी रकमको २१८ वटा ट्रि गार्ड सहयोग गरेको जानकारी गराएका छन।
अभियानप्रति ऐक्यबद्धता जनाउँदै बैंक, वित्तीय संस्था, प्याब्सन र एन प्याब्सन, उद्योगी व्यवसायी लगायत शैक्षिक संस्थाहरु गरेर ३८ वटा संस्थाले सहयोग गरेका छन।