१० जेष्ठ २०८३, आईतवार

कोहलपुर स्थित मदनचौकमा आगलागी हुँदा चार पसल नष्ट
  • न्युज मानसराेवर

कोहलपुर\ कोहलपुर नगरपालिका वडा नं.३ आगलागी भएको छ । मदनचौक स्थित तारा योगिको घरमा गएरात्री करिब १२ बजे आगलागि हुँदा करिब १ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।

योगिको घरमा कपडा, कस्मेटिक, किराना र स्टेशनरी गरी चार वटा पसलहरु संचालनमा थिए । उक्त पसलहरुमा आगलागि भएको मदनचौक स्थानीय लिला पाण्डेले जानकारी गराईन ।

नेपालगन्ज र बर्दिया बाँसगढीबाट झण्डै डेढ घण्टा पछि आएको दमकलले उक्त आगलागि नियन्त्रणमा लिएको बताइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १४ मंसिर २०८०, बिहीबार प्रकाशित

  • Nabintech