१० जेष्ठ २०८३, आईतवार

भूकम्प पीडितलाई १२ क्विन्टल तरकारी पठाए कोहलपुरका व्यापारीले
  • न्युज मानसराेवर

कोहलपुर\जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि बाँकेको कोहलपुरबाट १२ क्विन्टल तरकारी सङ्कलन गरेर सहयोग स्वरुप पठाइएको छ। पीडितका लागि अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति बाँकेको पहलमा दैनिक रुपमा प्रयोग हुने तरकारी सङ्कलन गरेर राहतस्वरुप भूकम्प प्रभावित क्षेत्रमा पठाइएको हो।

कोहलपुर कृषि बजार समितिका व्यापारीले संयुक्त रुपमा हस्तान्तरण गरेको १२ क्विन्टल विभिन्न प्रकारको तरकारी लिएर आफ्नो टिम जाजरकोट हिँडेको अनेरास्ववियु ९क्रान्तिकारी० बाँकेका अध्यक्ष महेश बस्नेतले जानकारी गराएका छन।

कोहलपुर कृषि बजारमा व्यवसाय गर्दै आएका १४ जना व्यवसायीले संयुक्त रुपमा १७ बोरा आलु, ३ बोरा काउली, १ बोरा टमाटर, १ बोरा फर्सी, २ बोरा बन्दा, ३ पेटी स्याउसहित खुर्सानी, अदुवालगायत तरकारीजन्य खाद्यान्न उपलब्ध गराएका थिए।

जाजरकोट र पश्चिम रुकुम जान आउन नेपालगन्जबाट सहज भएकोले देशका विभिन्न ठाउँबाट सङ्कलन भएको र भारत लगायतका विदेशी राष्ट्रबाट आएको राहात सामग्रीसमेत नेपालगन्जबाटै भएर पठाइएको थियो।नेपालगन्जको राँझा विमानस्थलमा सरकारले राहत सङ्कलन केन्द्र नै स्थापना गरेर सोही सङ्कलन केन्द्रबाट विभिन्न प्रकारका राहत पठाउँदै आएको छ।

  • १४ मंसिर २०८०, बिहीबार प्रकाशित

  • Nabintech