१९ पुष २०८१, शुक्रबार

कोहलपुर नगरपालिकालाई खुल्ला पत्र !
  • न्युज मानसराेवर

मितिः २०८०\०८\१४
आदरणीय प्रमुुख ज्यूू
कोहलपुर नगरपालिकाको कार्यालय
कोहलपुुर, बाँके ।
मेयर साहेब आरामै रहेर हजुुर लगायत नगरपालिकाका सम्पूूर्ण पदाधिकारीहरुलाई आरामको कामना गर्दै आज करिब हजुुरलाई मतदानगरी निर्वाचित गरेको करिब १ बर्ष ८ महिना पछी आज यो पत्र मार्फत हजुुरलाई सम्झदै छुु । आज फेरी यसलाई कहाँ जागीर चाहिएर चिठी लेखिरहेको होला भनि मन चिसो नबनाई दिनुहुन अनुुरोध छ ।

हामिलाई थाहा छ हजुुरले कार्यपालिका सदस्यका बुुहारी, पार्टीमा आफ्ना गुटका मानिसका आफन्त, राजनितिक मित्रका श्रीमती, आफ्नै आफन्तहरुलाइ नियुक्त गर्दा गर्दै हत्तु हैरान बन्नु भएको कुुरा हामिले पनि बजारका चिया पसलमा बसेर कुुरा गर्ने मानिसहरुबाट जानकारी प्राप्त गरेका छौ । नेपालमा राजनिति गर्ने भनेकै परिवार आफन्त र पार्टीकै गुुटका मानिसहरुको लागी हो । बेला बेलामा हजुुरले गरेका राम्राकार्यहरुको खबरपनि हामिले सुनेका छौँ ।कोहलपुुर बसपार्क डोजर लगाएर तीजको दिन खाली गराएर खुल्ला स्थान बनाउनु कम्ति चुुनौती कहाँ  थियो  र ? कोहलपुुरलाइ हरियाली सहर बनाउन तपाइको अग्रसरतामा वृक्ष रोपण गरेका बिरुवाहरु हामिले पनि देखेकाछौँ ।

कोहलपुुर नगर भित्रका घरका टिनका पालि हटाएर पसलमा बस्नेहरुलाइ भिटामिन डि को स्रोत पुराउन तपाइको सकृयता राम्रै देखिएको भन्दछन् । हुनत हजुरले कोहलपुुर नगरपालिकामा रोजगारीको अवसर पनि राम्रै श्रृजना गरेको सुनिन्छ दुइ दर्जन भन्दा बढी शिक्षक र दर्जनौ कर्मचारीका रुपमा आफन्त र कार्यकर्तालाई नियुक्त गर्नु पनि यो मन्दीको समयमा कम्ता दुखको काम होइन हामिलाई महसुस छ ।

आदरणीय युुवा मेयर ज्यू,

हिजो राती मदनचोकको आगलागीको घटनामा मुकदर्शक भएर चार चार जनाको रोजिरोटीको पसल खाक भएको तथा तारा गीरीको घर आगोले ध्वस्त भएको देखेर सुत्न नसक्दा २०७९ को स्थानिय तहको निर्वाचनमा हामिले बनाएको पुर्ण दाईले बनाउछन् कोहलपुुर भन्ने गित फेरी कानमा गुन्जीयो र त्यस स्थानमा राती आएका सयौँ मानिसहरुले तपाई प्रति गरेका गुनासाहरुलाई समेटेर जानकारीको लागी यो पत्र लेख्दै छुु ।

हुन त यो कुुरा भेटेर भनेको भए पनि हुने हो तर के गर्नु तपाईलाई गुुनासा सुनाउने हैसियतमा हामी परेनौ हाम्रो हैसियत भनेको मतदान गरी निर्वाचित गराउने मात्रै हो । मदनचोक नगरपालिका कार्यालय बाट ३ तिन किलोमिटरको दुरीमा रहेको सुबिधा सम्पन्न चौडा बाटो भएको स्थानमा लागेको आगलागी करिब एक घण्टा पछी नेपालगञ्ज उपमहानगर पालिकाको दमकाल र छिमेकी जिल्ला बर्दियाको बाँसगढी नगरपालिकाबाट आएको दमकलले करीब दुइ घण्टा पछी नियन्त्रल गर्दा अन्य घरहरु जोगीए ।

कोहलपुुर नगरपालिकाको दमकल बिग्रीएकोले आउन नसक्दा सर्वसाधारणको करोड बढीको सम्पती हेदाहेर्दै  खाक भयो । हामि आफै लज्जित भर्यौ दमकल जस्तो सेवालाई चुुस्त राख्न नसक्ने नगरपालिकाका नागरिक भएकोमा हामिले बजाएको गितले गिज्जायो ।

मेयस साहेब हजुुरको स्वार्थ मिलेका स्थानमा करौडौका योजना वितरण गर्नुु भएकै छ भनिन्छ तर दमकल एम्बुुलेन्स जस्ता महत्वपूूर्ण र संबेदनशिल सेवाहरु सुुचारु बनाउन के ले रोक्यो तपाईका मतदाताले यो आर्थिक मन्दीमा करोडौको सम्पती आफ्नै आँखा अगाडी खाक भएको हेर्न बाध्य भए ? यसको जवाफ कसले दिने ? तपाईको किचन क्यविनेटका धुपौरेहरुले कि स्वयं मेयस राहेबले ?

स्थानिय सरकार भएपछी जनतालाई सेवा उपलब्ध गराउने जिम्मेवारी स्थानिय निकायको होइन र ? नगरपालिकाको लापरबाहीका कारण भएको क्षतिको क्षतिपुुर्ती नगरपालिकाले दिन्छ ?अन्त्यमा काम र योजना व्यक्तिगत स्वार्थमा होइन जनताको आवश्यकताको आधारमा विनियोजन गरी नगरपालिका बासीको सुुरक्षामा ध्यान पुुराउन आग्रह गर्दै सिमित किचन क्यविनेटको घेरा र व्यक्तिगत स्वर्थबाट बाहिर निस्कन अनुुरोध गर्दछौ । आगामि दिनमा कोहलपुुरबासीले दमकल अभावमा आफ्नो सम्पति  खाक भएको देख्न नपरोस ।
आगलागी घटनाका प्रत्यक्षदर्शी मतदाता
कोहलपुुर ३ मदनचोक

  • १४ मंसिर २०८०, बिहीबार प्रकाशित

  • Nabintech