५ बैशाख २०८२, शुक्रबार

रुकुम पश्चिम हत्याकाण्डको फैसलाः यी ८ जनाले पाए सफाइ
  • न्युज मानसराेवर

बाँके\रुकुम पश्चिम हत्याकाण्ड प्रकरणमा २४ जनाले जन्मकैदको सजाय पाउँदा ८ जनाले भने सफाइ पाएका छन् ।रुकुम जिल्ला अदालतले ८ जनालाई भने सफाइ दिएको सूचना अधिकारी गोविन्द कोइरालाले जानकारी दिए ।

सफाइ पाउनेमा फरार रहेका तुलाराम घर्तीसहित ८ जना छन् ।जसमा डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्द पनि छन् ।

यस्तै जन्मकैदको सुनाइएकामा वडाध्यक्ष डम्बरबहादुर मल्ल पनि छन् । मंगलवार रुकुम जिल्ला अदालतले थुनामा रहेका २३  र बाहिरका एक गरी २४ जनालाई जन्मकैदको फैसला सुनाउँदा त्यहाँ चौरजहारी नगरपालिका–८ सोतीका वडाध्यक्ष मल्ल पनि परेका हुन् ।

सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको थियो ।२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिका भगाउन रुकुमपश्चिमको सोतीगाउँ पुगेका थिए । त्यस क्रममा सोती गाउँका गैरदलित बासिन्दाले आक्रमण गरी नवराजसहित ६ जनाको हत्या गरेका थिए ।

घटनामा १२ जना घाइते भएका थिए ।  सोती गएका नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको सामूहिक हत्या गरिएको थियो । अदालतले नवराजकी प्रेमिका र उनकी आमालाई जातीय छुवाछुतमा दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । न्यायाधीश खड्गबहादुर केसीको इजलासले मंगलवार यस्तो फैसला गरेको हो ।

  • १९ मंसिर २०८०, मंगलवार प्रकाशित

  • Nabintech