११ मंसिर २०८१, मंगलवार

एमालेको संकल्प अभियान लुम्बिनी प्रदेश प्रवेश
  • न्युज मानसराेवर

बाँके\ ‘झुलाघाट-चिवाभञ्जाङ समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत नेकपा एमालेको शीर्ष टोली लुम्बिनी छिरेको छ । उक्त टोली मंगलबार साँझ लुम्बिनी प्रदेशको रुकुमपूर्वको कैचीमोडमा प्रवेश गरेको हो ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीलाई पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव पद्मा अर्यालले स्वागत गरे । आज बागलुङ हुँदै दिउँसो ३ बजे गुल्मीको वामीटक्सारमा जनसभा तय गरिएको छ ।

आज बिहानै रुकुमपूर्वको रुकुमकोटस्थित होटल लेकसिटीमा सर्वदलीय सर्वपक्षीय अन्तरक्रिया गर्ने, त्यसपछि छिपृदहस्थित पिपलबोटमा कोणसभा गर्ने र १० बजे भूमे गाउँपालिकाको लुकुममा स्वागत तथा भेटघाट कार्यक्रम राखिएको एमाले रुकुमपूर्वले जनाएको छ ।

रुकुमपूर्व सशस्त्र द्वन्द्वदेखि नै माओवादीको पकड भएको क्षेत्र मानिन्छ । अहिले यहाँ एमालेले संगठन बलियो बनाउँदै लगेको छ ।  मंसिर १४ देखि सुरू १९ दिनको पदयात्रा सुदूरपश्चिम र कर्णालीमा सकिसकेको छ ।

 

  • २० मंसिर २०८०, बुधबार प्रकाशित

  • Nabintech