१० जेष्ठ २०८३, आईतवार

नौवस्ता बालसुधार गृहलाई सामग्री प्रदान
  • न्युज मानसराेवर

बाँके\बाँकेको नौबस्तामा रहेको बालसुधार गृहका बालबन्दीलाई विभिन्न सामग्री प्रदान गरिएको छ ।

बाँकेको बैजनाथ ३, गाभरस्थित नौबस्तामा रहेको बालसुधार गृहका बाल बिज्याईँकर्ताहरुलाई एड्भोकेसी फोरमले विभिन्न सामग्री प्रदान गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी गराएका छन।

एड्भोकेसी फोरमका संयोजक तथा अधिकारकर्मी वसन्त गौतमको संयोजनमा बालसुधार गृहमा रहेका ११५ जना बाल बिज्याईँकर्ताहरुलाई  सामग्री वितरण गरिएको प्रजिअ पोखरेलले उल्लेख गरेका छन।

जाडोबाट बच्नका लागि ओड्ने डबल ब्लयाङ्केट ७५ थान, ओच्छ्याउने पी–फर्म दुई रोल, क्यारेमबोर्ड दुई थान, फुटबल दुई थान, लुडो दुई थान, नेट एक थान, स्किपिङ् तीन र चेस तीन थान प्रजिअ पोखरेलेलमार्फत बालसुधार गृहका बालबन्दीलाई प्रदान गरिएको एड्भोकेसी फोरमका संयोजक वसन्त गौतमले भनेका छन। बैजनाथ ३, गाभरस्थित नौबस्तामा रहेको क्षेत्रीय कारागारभित्र रहेको बालसुधार गृहमा विभिन्न जिल्लाका ११५ जना बालबन्दी छन् ।

  • २६ मंसिर २०८०, मंगलवार प्रकाशित

  • Nabintech