४ जेष्ठ २०८२, शनिबार

राहत सहयोग गर्नेलाई बाँकेमा सम्मान
  • न्युज मानसराेवर

बाँके\गत कात्तिक १७ गते जाजरकोट र पश्चिम रुकुममा आएको भूकम्पमा परी पीडितको राहत र उपचारका लागि सहयोग गर्ने बाँकेका विभिन्न संघ संस्था र व्यक्तिहरुलाई जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले सम्मान गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले बुधवार यहाँ एक औपचारिक कार्यक्रमको आयोजना गरी सो सम्मान गरेको हो । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरी, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल र नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद साहले सहयोग गर्ने संघ संस्था र व्यक्तिलाई सम्मानपत्र प्रदान गरेका हुन।

  • २७ मंसिर २०८०, बुधबार प्रकाशित

  • Nabintech